पूर्वसांसद विदुर पौडेलको निधन

पूर्वसांसद तथा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको निधन भएको छ ।


पौडेलको पशुपतिस्थित वैद्यखानामा आज बिहान निधन भएको हो ।

ओखलढुंगा घर भई कुमारीगालमा बस्दै आउनुभएका पौडेललाई मस्तिष्काघात भएको थियो ।

सुरुमा पौडेललाई उपचार गर्न त्रिवि शिक्षण अस्पताल हुँदै सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज लगिएको थियो । पशुपतिमा देहत्याग गर्ने पौडेलको इच्छाअनुसार नै वैद्यखानामा लगिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments