सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पुष्टि भयाे- कांग्रेस

नेपाली कांग्रेसले संकटमा राज्य हतास होइन नागरिकलाई ढाडस बन्नुपर्ने बताएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न सरकारले अपिल गर्नु स्वभाविक र आवश्यक भएको जनाउँदै संकटमा अपिल गरिरहँदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुने उल्लेख गर्नुभएको हो ।

अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइसकेको सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पुष्टि भएको बताउनुभएको छ ।

“पुरै वर्ष दिन सत्ता द्वन्दमा बिताउने, संसद् विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने गैह्रजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलवाडको ब्यवहार हो यो”, विज्ञप्तिमा उल्लेख छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments