सरकारको विज्ञप्तिले नै त्रास फैलायाे-वर्षमान पुन

नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको बताउनुभएको छ ।

उहाँले कोरोना रोकथाम तथा न्युनिकरणमा लाग्नुपर्ने सरकारले गम्भीर लापरबाही गरेको पनि बताउनुभएकाे हाे ।

सरकारले नै लापरबाही गरेर भीड जम्मा गरेको र पछि सक्दिन भनेर हात उठाउनु गैरजिम्मेवार भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘आफै लापरबाही गरेर, हजारौँ हजारको मास जम्मा गरेर, शुरुमा सम्भावित जोखिमको लागि तयारी पनि नगर्ने सरकार, जोखिम बढेपछि म सक्दिनँ भनेर हात उठाउने असाध्यै गैरजिम्मेवार कुरा हो, यसरी सरकार, राज्य केही पनि चल्न सक्दैन । यो कुरालाई तुरुन्त सच्याउनुपर्छ र जिम्मेवारीपूर्वक जनताको स्वास्थ्य उपचार, चेकजाँच, परीक्षणका कुराहरुलाई ध्यान दिनुपर्छ ।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments