आज १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वका विभिन्न मुलुकहरुले विविध कार्यक्रम गरी मनाउदैछन् ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

नेपालमा पनि मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउदै आएका छन् ।

नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा समेत दिदै आएको छ ।

यस वर्ष भने कोभिड १९ संक्रमण र देशका विभिन्न स्थानमा जारी निषेधाज्ञाका कारण मे दिवसका औपचारिक कार्यक्रम भने राखिएको छैन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments