भारतको एक अस्पतालमा आगलागी हुँदा १६ व्यक्तिको मृत्यु

भारतको एक अस्पतालमा आगलागी हुँदा अस्पतालमा सेवारत दुई नर्ससहित कम्तीमा १६ कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन् ।

भारतमा सङ्क्रमण दर उच्च भएपछि स्वास्थ्य सेवा प्रणालीमा समस्या देखिइरहेका समय पश्चिमी राज्य गुजरातको भरुचको चार तलाको अस्पतालमा आगलागी भएको हो ।

स्थानीय समयअनुसार शनिबार बिहान १ः०० बजै आगलागी हुँदा अस्पतालमा करिब ५० अन्य बिरामीहरू थिए । आगो केही समयपछि नियन्त्रणमा आएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments