पाकिस्तानकाे एक हाेटलमा ‘चिनियाँ राजदूत लक्षित’ विस्फाेट

पाकिस्तानी सहर क्वेटामा रहेको सेरेना होटलमा भएको विस्फोटमा कम्तीमा ४ जनाएको मृत्यु भएकाे छ । विस्फोटमा अन्य ११ जना घाइते भएको बीबीसीले जनाएको छ । 

पाकिस्तानमा रहेका चिनियाँ राजदूतलाई लक्षित गरी आक्रमण गरिएको आशङ्का गरिएकाे छ ।  

आक्रमणको समयमा चिनियाँ राजदूत क्वेटामा नै रहेको थाहा भएको बताइएको छ । क्वेटा, बलुचिस्तान प्रान्तको राजधानी हो, यो अफगानिस्तानको सीमा नजिक पर्छ । 

आक्रमणको समयमा चिनियाँ राजदूत होटलमा थिएनन् । विस्फोट होटलको कार पार्किङ गर्ने ठाउँमा भएको हो ।  

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments