त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आज मलेसियासँग खेल्दै

त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज घरेलु टोली नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

यसअघि पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलअघि नै नेपाल र नेदरल्याण्ड्स शीर्ष दुईमा रहँदा फाइनल पुगिसकेका छन् ।

३ खेलबाट नेपालको ४ अंक छ । उता ४ वटै खेल खेलिसकेको नेदरल्याण्ड्स ५ अंकसहित शीर्ष स्थानमा छ ।

बुधबार भएको खेल टाई भएपछि नेदरल्याण्ड्स र मलेसियाले अंक बाँडेका थिए । मलेसियाको ३ खेलबाट १ अंक मात्र छ ।

नेपालले मलेसियालाई पराजित गरेमा शीर्ष स्थानमा पुग्ने छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments