नेपाल कम्युनिष्ट पार्टीको ७२ औँ स्थापना दिवस

 नेपालमा वि. सं. २००६ साल वैशाख ९ गते अर्थात आजकै दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको आज ७३ वर्ष पुगेको छ ।

नेपालको पहिलो कम्युनिष्ट पार्टीको रुपमा भारतको कलकत्तास्थित श्यामबजारमा गठन भएको कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ हुनुहुन्थ्यो ।

यस्तै निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ पनि संस्थापक नेता रहनुभएको थियो । पार्टी स्थापनासँगै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझी लगायतका नेताहरु पनि जोडिनुभएको थियो ।

नेपालमा जहानियाँ राणा शासन कायम रहेका बेला भूमिगत रुपमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले सामान्तवाद, दलाल–नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य राखेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments