त्रिदेशीय क्रिकेट : मलेसिया र नेदरल्यान्ड्स भिड्दै

त्रिदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल दिउँसो सवाँ १२ बजेबाट  सुरु हुनेछ ।

तीन खेलमा ४ अंक जोडेको नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ । मलेसियालाई हराएमा नेदरल्यान्ड्सले फाइनलमा स्थान बनाउने छ।

मलेसिया भने पहिलो जितको खोजीमा हुनेछ । मलेसिया पनि नेदरल्यान्ड्सलाई हराएर फाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ।

दुई खेलमा अंक जोड्न नसकेको मलेसिया पुछारमा रहेको छ । नेपाल ३ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments