माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

हिजोबाट पेरिसडाँडाँमा शुरु भएको स्थायी कमिटी आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ ।

बैठकमा पार्टीको विधान संशोधन, वर्तमान सरकारलाई दिएको समर्थन लगायतका विषयमा पनि छलफल हुने बताइएकाे छ ।

 आज बस्ने बैठकका लागि विभिन्न विषयसँग सम्बन्धित ६ बुँदे कार्यसूची तयार गरिएको छ । बैठकमा सरकारले संसदको चालु अधिवेशन अन्त्य गरेपछिको अवस्था कोभिडको दोस्रो लहर तथा विभिन्न पार्टीसँग भइरहेको राजनीतिक वार्ताबारे पनि छलफल हुने छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments