जिप दुर्घटनाबाट चालकको मृत्यु

तेह्रथुम ७ लाप्छायाङ टोल स्थितमा जिप अनियन्त्रीत भएर भिरबाट खस्दा चालकको मृत्यु भएको छ ।

गत राती साढे ९ बजे म्याङलुङ देखि मोराहाङ तर्फ जादै गरेको को १ ज ३४०९ को जिप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी जिप चालक तेह्रथुम मन्छायायेम गाऊपालाक ५ का ४६ बर्षीय कृष्ण खापुङ गम्भिर घाईते भएका थिए ।

घाईते खापुङको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा राती सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।जिपमा अन्य सवार कोही नभएको सो कार्यालयले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments