माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने नेता देव गुरुङले जानकारी दिनुभयो ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता तथा नयाँ समीकरणका बारेमा पनि छलफल हुनेछ ।

यसका लागि माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपासँग छलफल गर्दै आएको छ ।  तर, माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिएको भन्दै कांग्रेस र जसपाले कुनै  पनि औपचारिक निर्णय गरेका छैनन् । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments