पछिल्लो २४ घण्टामा १ हजार ९६ जना कोरोना पुष्टि, ८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८४ हजार ६७३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार २६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हाल देशभर ६ हजार २ सय ९० जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८३ पुगेको छ।

काठमाडौँ उपत्यकामा थप ४३५ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका ३२६, ललिपुरका ६४ तथा भक्तपुरका ४५ जनामा संक्रमण पुष्टि भएको हो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments