कर्णालीको मन्त्रिमण्डल पुनर्गठन: एमालेका तीन सांसदलाई मन्त्री पद उपहार

कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन भएको छ। मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शनिबार मन्त्रीमण्डल हेरफेर गरेका हुन्।

नयाँ मन्त्रिमण्डलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्रीमा अमर बहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाही नियुक्त भएका छन्।

शुक्रबार संसदबाट विश्वासको मत लिईसकेपछि मुख्यमन्त्री शाहीले मन्त्रीमण्डल विस्तार गरेका हुन्।

एमाले पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेका तीनै जना सांसद मन्त्री बनेका हुन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments