आजकाे माैसम पुर्वानुमान यस्ताे छ

हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएकाे छ ।

हाल देशको सूदुर पश्चिम प्रदेश र प्रदेश १ मा सामान्य बदली तथा अन्य प्रदेशहरुको पहाडी भू-भागमा आंशिक बादली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

शनिबार दिउँसो  देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रहनेछ ।   देशका पहाडी भू-भागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ ।

 राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। देशको पहाडी भू-भागका एक वा दुई  स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएकाे छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments