हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाकाे मृत्यु

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाकाे मृत्यु भएकाे छ ।

हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा -१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको ज्यान गएको हाे । 

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट प्रमाणीको ज्यान गएको हाे । 

इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार काेशी ब्यारेकको गोलघर छेउमा काटेर राखेको गहुँ बालीलाई पहरा दिन गएका नारायणलाई आज बिहान हात्तीले आक्रमण गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments