आजदेखि कर्णाली प्रदेश सभाको सातौं अधिवेशन सुरु हुँदै

आजदेखि कर्णाली प्रदेश सभाको सातौं अधिवेशन सुरु हुँदैछ।

गत कात्तिक ९ गते कर्णाली प्रदेश सभाको छैटौं अधिवेशन समाप्त भएको थियो।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेलाई पूर्ववत् अवस्थामा फर्काउने सर्वोच्चको फैसलापछि अल्पमतमा परेको कर्णाली सरकार स्थिर रहन्छ वा नयाँ सरकार बन्छ भन्ने टुंगो पनि सातौं अधिवेशनबाट थाह हुनेछ।

दिउँसो २ बजेबाट अधिवेशनको पहिलो वैठक सुरु हुँदैछ।

संसद सचिवालयका अनुसार आजको वैठकमा ६ वटा कार्यसूचि निर्धारण गरिएको छ। बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त संसद आव्हानबारे पत्र पढेर सुनाइने छ।

त्यसपछि मन्त्रालयहरुको जिम्मेवारी हेरफेरको पत्र प्रस्तुत गरिने छ।

धर्मराज रेग्मीको सांसद् पद खाली भएको जानकारी गराउने तेस्रो कार्यसूची छ।

चौथो कार्यसूचीमा संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलका एक–एक जना सांसद्हरुले बोल्ने तय भएको छ।

त्यसपछि मुख्यमन्त्री शाहीले प्रदेश लोकसेवा आयोग सम्बन्धी संशोधन र प्रशासनिक कार्यविधि संशोधन सम्बन्धी विधेयक प्रस्तुत गर्नेछन्। ती विधेयक पारित भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments