पाटनबाट हराएर अमेरिका पुगेकाे दुर्लभ मूर्ति नेपाल फर्काइयाे

नेपाल चाेरी भएर अमेरिकामा पुगेको दुर्लभ मूर्ति ३७ बर्षपछि फिर्ता ल्याइएको छ ।

मूर्ति अमेरिकाको टेक्सास राज्यको डालसबाट ३७ बर्षपछि फिर्ता ल्याइएको हाे ।

बहुमूल्य लक्ष्मी-नारायणकाे मूर्ति बिहीवार काठमाण्डौ ल्याएर सार्वजनिक गरिएको हो । ललितपुर पाटनको पटको टोलमा रहेको लक्ष्मीनारायण मन्दिरबाट सन् १९८४ मा हराएको लक्ष्मीनारायण (वासुदेव कमलाजा) मूर्ति बिहीवार सार्वजनिक गरिएको हो।

पुरातत्व विभागमा भएको कार्यक्रममा  संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको उपस्थितिमा विभागले मूर्तिको जिम्मा लिएको हो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments