माैसम: हावा हुरी र चट्याङसहित पानी पर्ने

स्थानीय र पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको छ । आज देशैभर सामान्य र आंशिकरुपमा बादल लागेको छ ।

आज प्रदेश १, सुदूरपश्चिमसहित अन्य प्रदेशका पहाडी भूभागहरुमा केही स्थानमा हावाहुरी, चट्याङ र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो  प्रदेश १रसूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशकापहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।   प्रदेश १रसूदरपश्चिम प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती प्रदेश १रसूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशकापहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । प्रदेश १ र सूदरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकि पहाडी भू-भागका एक दुई  स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments