ट्याक्टरबाट लडेर सह-चालकको मृत्यु

पाँचथर फाल्गुनन्द गाऊपालिका ४ का २८ बर्षीय रोशन चेम्जोङको ट्याक्टरबाट लडी मृत्यु भएको छ ।

बुधबार बेलुका साढे ६ बजे सुकेधामवाट च्याङथापु तर्फ जादै गरेको प्रदेश १-०१-००१त८९६७ नम्बरको ट्याक्टरबाट लडी घाईते भएका सह-चालक चेम्जोडङको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा राती सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

ट्याक्टर र चालक पाँचथर कुम्मायक ३, रानिगाँउ का २३ बर्षीय काली बहादुर तामाङ नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments