अमेरिकले अफगानिस्तानबाट सैनिकहरू फिर्ता लैजाने

अमेरिकी राष्ट्रपति जो बाइडनले ‘सैन्य स्रोतका साथ’ नभए पनि अमेरिकाले अफगानिस्तानलाई सहयोग जारी राख्ने वाचा गरेका छन्।

सन् २००१ मा अमेरिकी हवाई हमला घोषणा गरिएको ह्वाइट हाउसको कक्षबाट उनले भने, “यो अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने बेला हो।”

अधिकारीहरूका अनुसार सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा भएको आतङ्कवादी हमलाको २०औँ वार्षिकी पारेर सैनिकहरूलाई फिर्ता ल्याउन लागिएको हो।

यतिखेर अफगानिस्तानमा रहेका ९,६०० नेटो सैनिकमध्ये कम्तीमा २,५०० अमेरिकी फौज छन्।

अफगानिस्तानमा रहेका अमेरिकी सैनिकको सङ्ख्या थपघट भइरहन्छ।

अमेरिकी सञ्चारमाध्यमहरूले अहिलेको कुल सङ्ख्या ३,५०० को नजिक रहेको जनाएका छन्।

अमेरिकी र नेटो अधिकारीहरूका अनुसार एउटा कट्टरपन्थी इस्लामवादी अभियान- तालिबानले अफगानिस्तानमा हिंसा घटाउने वाचा अहिलेसम्म पालना गरिरहेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments