भारतको बेंगलुरु एफसीसँग त्रिभुवन आर्मी पराजित

नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप-२०२१ प्ले अफको दोस्रो चरणमा भारतको बेंगलुरु एफसीसँग हार व्यहोरेको छ ।

गोवास्थित जीएमसी स्टेडियममा बुधबार भएको खेलमा आर्मी बेंगलुरुसँग ५-० गोल अन्तरले पराजित भएको छ ।

यस हारसँगै आर्मीको प्ले अफको अर्को चरणमा पुग्ने सपना सकिएको छ ।

अब बेंगलुरुले अर्को चरणमा बंगलादेशको अबहानी लिमिटेड र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्नेछ ।

पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५-१ ले हराएर आर्मीले बेंगलुरुसँगको भेट पक्का गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments