रसुवामा टिपर दुर्घटना हुदाँ दुई जनाको मृत्यु

रसुवामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गएराती कालिका गाउँपालिका-१ ग्राङबाट कालिकास्थानतर्फ जाँदै गरेको टिपर पासाङल्हामु सडकको स्याउबारीमा अनियन्त्रित हुँदा दुर्घटना भएको थियाे ।

दुर्घटना मृत्यु हुनेमा कालिका गाउँपालिका-१ ग्राङ आधारभुत प्राथमिक विद्यालयका प्रधानाध्यापक २७ वर्षीय राजेन्द्र तामाङ र उनका भाइ २५ वर्षीय सागर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देबेन्द्र पाण्डेले बताए । 

दुर्घटनामा परेर कालिका गाउँपालिका-१ का वडाध्यक्ष मालफुर्वा तामाङ घाइते भएका छन् । उनको सदरमुकाम धुन्चेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments