गण्डकी प्रदेशमा नयाँ सरकार गठनकाे तयारी

 गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको छ ।

नयाँ सरकारका लागि गठबन्धन बनाउन कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक अहिले बस्न लागेको छ ।

तीन पार्टी मिलेपनि जनमोर्चाको साथ समेत अनिवार्य भएकाले जनमोर्चाको साथ पाउने संकेत पाएपछि अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएको हो । जनमोर्चाको तीन सिट रहेको छ ।

दुवै दलसँग अविश्वासको प्रस्ताव दर्ता गर्ने, मिलेर सरकार बनाउने र मन्त्रालय भागबण्डा गर्ने बारेमा छलफल हुने जनाइएको छ ।

तत्कालिन माओवादी पक्षका नेताहरुले पाएको भएपनि पार्टीको विवादपछि यही चैत २५ गते उनीहरु फिर्ता भएका थिए । उनीहरु फिर्ता भएको र जनमोर्चाले सकारात्मक संकेत दिएपछि नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments