आइपिएल: बेंग्लोरको लगातार दोस्रो जित

आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले लगातार दोस्रो खेलमा जित निकालेकाे छ ।

बुधबार भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै बेंग्लोरले लगातार दोस्रो जित निकालेको हो। 

बेंग्लोरले दिएको १ सय ५० रनको मध्यम लक्ष्य पछ्याएको हैदारावादले ९ विकेटको क्षतिमा १४३ रन मात्र जोड्यो। 

उसका लागि कप्तान डेभिड वार्नरले ३७ बलमा १ छक्का र ७ चौकाको मद्दतमा ५४ रन जोडे।

यस्तै मनिष पाण्डेले ३८ रन जोडे भने जोनी वायर्स्टो १२ रनमा आउट भए।

ओपनर ऋद्धिमान साह १ रनमै आउट भएका थिए।

यसअघि जारी सिरिजनको पहिलो खेलमाबेंग्लोरले मुम्बइलाई हराउँदै विजयी सुरुवात गरेको थियो।

हैदराबादले भने पहिलो खेलमा केकेआरसँग हारको सामना गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments