देशका केही स्थानमा वर्षाको सम्भावना

 हाल देशमा स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।

हाल नेपालमा स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । त्यसैले बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदलीको सम्भावना रहेको छ । 

महाशाखाका अनुसार देशका पहाडी भू–भागका थेरै स्थानहरुमा मेघगर्जन र चट्ट्याङसहित क्षणिक वर्षाको सम्भावना  छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा  रहने छ । देशका पहाडी भू–भागका एक दुई  स्थानमा मेघगर्जन तथा चट्ट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments