एभर गिभेनसँग इजिप्ट सरकारद्धारा एक अर्ब डलर क्षतिपूर्ति माग

इजिप्ट सरकारले इभर ग्रिन कम्पनीसँग एक अर्ब डलर क्षतिपूर्ति माग गरेको छ ।

स्वेज नहरमा एभर गिभेन फसेकाे कारण दर्जनौँ कार्गो पानीजहाजको आवतजावत अवरुद्ध भएर नहरमा ट्राफिक जामको स्थिति उत्पन्न भएको थियो ।

 इजिप्ट सरकारले सोमबार कार्गो जहाजलाई त्यतिकै नछाड्ने बताएको छ । 

स्वेज नहरमा एभर गिभेन फस्दा धेरै घाटा बेहोरेको इजिप्ट सरकारले दाबी गरेको छ ।

जबसम्म कार्गो जहाजले पुर्‍याएको नोक्सानी तिर्दैन, त्यसवेलासम्म जहाजले छुटकारा नपाउने भनिएको छ । इजिप्टले नोक्सानी भरपाई गर्न एक अर्ब डलर माग राखेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । 

यस नहरको जलमार्गबाट दैनिक कम्तीमा तीन सय ६७ वटा कार्गो पानीजहाज यात्रा गर्ने एजेन्सीहरूले जनाएका छन् । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments