लकडाउन हुने हल्ला चले पनि सरकारले सकेसम्म लकडाउन गर्दैन- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सकेसम्म लकडाउन नहुने बताउनुभएको छ ।

देशवासीका नाममा सम्बोधन गर्दै आज उहाँले केहीले अब लकडाउन हुने हल्ला चलाउन थाले पनि सरकारले सकेसम्म लकडाउन नगर्ने बताउनु भएको हो ।  

सरकारले नागरिकको जीवनको सुरक्षालाई प्राथमिकतामा राखेर त्यहि अनुसार रणनीति बनाएकाले कोरोना सङ्क्रमणपछिको मृत्युदरलाई अन्य देशको तुलनामा न्यून राख्न सफल भएको पनि उहाँले बताउनुभयो । 

यस्तै, उहाँले नागरिक नै सार्वभौमसत्ता भएको  भन्दै नागरिकको अभिमत नै सबै भन्दा ठूलो भएको बताउनुभयो । यस्तै, पुनर्निर्माणका क्षेत्रमा भइरहेको उपलब्धि र मेलम्चीको पानी काठमाण्डौ ल्याउन सफल भएकाले पनि वर्ष २०७७ सफल भएको उहाँको दाबी छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments