जेठ–असारमा दैनिक ११ हजार जना संक्रमित हुने प्रक्षेपण

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ ।

जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । ‘नहोस् तर अहिलेको ट्रेण्डका आधारमा यो प्रक्षेपण गरिएको हो’ उनले भने, ‘त्यसका लागि आवश्यक तयारी पनि गरिएको छ ।’

 उनले भाइरसको नयाँ भेरिएन्टहरु देखिएको र युवा तथा कम उमेर समूहकामा देखिएकोले बढी जोखिम देखिएको बताए ।

मन्त्री त्रिपाठीले १८ वर्षभन्दा माथिकालाई अहिलेसम्म खोप नहुँदा डरलाग्दो अवस्था रहेकाले भयावह अवस्था नदिन पूर्वतयारीमा ध्यान दिइरहेको बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments