मंगलबार सुनको मूल्यमा सामान्य गिरावट

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार सय रुपँैयाले घटेर तोलामा ८९ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार भने छापावाल सुन तोलामा ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यसैगरी मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments