जीतपुरसिमरा गोल्डकप आजबाट सुरू

जीतपुरसिमरा गोल्डकपको ११औं संस्करण मंगलबारदेखि सुरु हुँदै छ ।

कोरोनाका कारण गतबर्ष रोकिएको प्रतियोगितालाई यसवर्ष निरन्तरता दिन लागिएको हो ।

प्रतियोगिताको उद्घाटन खेल आयोजक नवजनजागृति युवा क्लब र बागमती गाउपालिकाबीच हुनेछ । सिमरा रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक क्लबले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । 

प्रतियोगितामा यसबर्ष मोफसलका सात, ए डिभिजनका चार र एक विदेशी गरी १२ टिमको सहभागिता रहेको छ ।

 प्रतियोगिता बैशाख ११ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको बिजेताले सात लाख र उपविजेताले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments