म्यानमार: नेतृ आङ सान सुकीमाथि ६ नयाँ आराेप

म्यानमारमा नेतृ आङ सान सुकीलाई सोमवार नयाँ फौजदारी अभियोग लगाइएको छ ।

न्यापिटअ पाँच र याङ्गु एउटा मुद्दा लगाइएको नेतृ सुकीकाे वकिल मीन मीन सोले एएफपीलाई बताएका छन् । पछिल्लो आरोप देशको प्राकृतिक प्रकोप व्यवस्थापन कानुनअन्तर्गत रहेको पनि वकिलले थप जानकारी दिएका छन् । 

म्यानमारमा गएकाे फेब्रुअरी १ (माघ १९) मा देशको शासन सत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६ सयभन्दा बढी मानिसको ज्यान गइसकेकाे छ ।

सेनाले चुनावका बेला व्यापक धाँधली भएको दाबी गर्दै आएको छ । त्यस चुनावमा आङ सान सुकी र उहाँको ‘नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)’ दल निर्वाचित भएको थियो । निर्वाचन आयोगले धाँधलीको त्यस दाबीलाई खारेज गरिदिएको थियो । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments