बिस्केट जात्राको क्रममा आज लिङ्गो उठाइँदै

भक्तपुरमा बिस्केट जात्राको क्रममा आज लिङ्गो उठाइँदै छ ।

चैत मसान्तको दिन गुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरव र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हातलामो ईन्द्रध्वजासहितको लिङ्गो उभ्याउने परम्परा छ ।

चैत मसान्तमा ईन्द्रध्वजासहितको लिङ्गो उठाएर वैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवं पूजा गरी बेलुकी लिङ्गो ढाल्ने परम्परा छ ।

त्यस्तै भक्तपुरको कुम्हा टोलमा आज दिउँसो हात नभएको लिङ्गो ठड्याउने गरिन्छ ।

हात नभएको लिङ्गो आउँदो वैशाख ५ गते ढालेपछि यस वर्षको भक्तपुरको बिस्केट जात्रा सकिनेछ । 

file photo

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments