तत्काललाई कुनै पनि क्षेत्र बन्द नगर्ने मन्त्रिपरिषद्काे निर्णय

साेमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काललाई शैक्षिक संस्था लगायत कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भने स्वास्थ्यका नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

नयाँ मापदण्ड आज सार्वजनिक गर्ने सरकारको तयारी छ ।

यसअघि कोभिड सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले बालबालिकामा कोरोनाको सङ्क्रमण बढेको भन्दै केही समयका लागि विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो ।

नेपालमा यूके भेरियन्ट फैलिएको र यसबाट बालबालिका धेरै प्रभावित हुन थालेका डाक्टरले बताउँदै आएका छन् । हिजो देशभर ५ सय ५९ जनालाई कोरोना सङ्क्रमण भएकोमा १८ वर्षमुनिका २४ जना छन् ।

कोरोनाको नयाँ भेरियन्ट फैलिएसँगै विद्यालय क्षेत्रमा जोखिम बढ्दै गएको छ । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments