देशका धेरै ठाउँमा तुवाँलो, काठमाण्डौमा तत्काल पानी पर्ने सम्भावना कम

अहिले देशका धेरै ठाउँमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाक्लो तुवाँलोका कारण काठमाण्डौको भिजिबिलिटी अहिले २५ सय रहेको छ । देशका पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली रहेको छ र बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहेको छ ।

स्थानीय तथा पश्चिमी न्यूनचापीय रेखाको प्रभावका कारण दिउँसोपछि पहाडी एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित सामान्य पानी पर्ने अनुमान छ । तर काठमाण्डौमा तत्काल पानी पर्ने सम्भावना कम रहेको छ ।

पानी नपर्दा प्रदूषण पनि कायमै छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments