आजदेखि ४० देखि ५९ वर्ष उमेर समूहकालाई भेरोसेल खाेप लगाइदै

आजदेखि ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकले कोरोनाविरुद्धको खोप भेरोसेल लगाइदै छ  ।

यसअघि गएकाे २५ गते चिनियाँ कम्पनीको यो खोप  १८ देखि ५९ वर्ष उमेर समूहका पेशागत नागरिकलाई लगाइएको थियो ।

यो उमेर समूहका ४१ हजार जनाले यो खोप लगाइसकेकाले आजदेखि ४० देखि ५९ वर्षका नागरिकलाई खोप लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतकाे खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो।

चीनले नेपाललाई अनुदानमा दिएको आठ लाख भेरोसेल खोप अहिले वितरण भइरहेको हो । यो खोप पनि कोभिसिल्ड खोप जस्तै दुई मात्रा लगाउनुपर्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments