अमेरिकामा प्रहरीको गोली लागेर अश्वेत युवाको मृत्यु, दुई शहरमा कर्फ्यू

एकजना अश्वेत युवा हत्याको विषयलाई लिएर तनाव बढेपछि अमेरिकाका दुई वटा सहरमा कर्फ्यू आदेश जारी गरिएको छ ।

तनावका कारण अमेरिकाका मिनियापलिस र सेन्ट पलमा रातभर कर्फ्यू आदेश जारी गरिएको हो ।

२० वर्षीय डन्टे राइटलाई ट्राफिक नियम उल्लघंन गरेको आरोपमा मिनसोटाको ब्रूक्लीन सेन्टरमा गोली हानिएको थियो ।

प्रहरी अधिकारीका अनुसार ट्राफिक नियम उल्लंघन गरेका राइटलाई पक्राउ गर्न खोजिएको थियो ।

प्रहरीले हतकडी लगाउन खोजे पनि उनी आफ्नो कारमा चढेर जाने प्रयास गरेका थिए । त्यसपछि पक्राउका लागि प्रहरीले उनलाई टेजर प्रहार गर्न भनेको थियो ।

गोली लागेका राइट गाडी लिएर अघि बढेका थिए । केही पर पुगेपछि राइटको गाडी दुर्घटनामा परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments