विराट गोल्डकपमा पुलिसलाई हराउँदै एपीएफ सेमिफाइनलमा

विराट गोल्डकप फुटबल प्रतियोगिताको सोमबार सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा नेपाल पुलिसलाई पराजित गर्दै एफिएफ टिम सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित सहिद रंगशालामा सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा नेपाल पुलिसलाई २–० गोलअन्तरले पराजित गर्दै एफिएफ सेमिफाइनलमा प्रवेश गरेको हो । 

जितसँगै एपिएफले १ वैशाखमा हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ सँग प्रतिस्पर्धा गर्नेछ ।

आयोजकका अनुसार मंगलबारको अन्तिम सेमिफाइनल खेल संकटा क्लब र अफ्रिका क्यारुनबीच हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments