माओवादीका ४ प्रदेशसभा सदस्य बर्खास्त

 नेकपा माओवादी केन्द्रले प्रदेश २ का चार प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ ।

नेकपा विभाजनसँगै नेकपा एमालेतिर लागेका चार जना प्रदेश सांसदलाई नेकपा (माओवादी केन्द्र)ले बर्खास्त गरेको छ ।

माओवादी केन्द्रका प्रदेश २ का सांसद रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समिरलाई सांसदबाट बर्खास्त गरिएको पत्र दलले प्रदेशसभा सचिवालयमा बुझाएको छ ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले माओवादी केन्द्रका चार जना सांसदलाई कारबाही गरिएको पत्र प्राप्त भएको बताए । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments