ट्रयक्टर दुर्घटनामा मृत्यु भएका चार जनाको सनाखत

पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्रयक्टर दुर्घटना हुँदा मृत्यु भएका चारजनाको सनाखत भएको छ । एक जनाकाे पहिचान खुल्न बाँकी छ ।

सनाखत हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ रहेका छन् ।

एक जना अन्दाजी २५ वर्षीय पुरुषको नाम थर ठेगाना खुल्न नसकेकाे जिल्ला प्रहरी कार्यालय चितवनकाले जनाएकाे छ ।

थाकलटारबाट चिउँडेखोलातर्फ आउँदै गरेको ना१त ६२८२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई आमपानीस्थित चिउँडेखोलामा दुर्घटना भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments