मुख्यमन्त्री राईले बाेलाए सर्वदलीय बैठक

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सर्वदलीय बैठक बोलाएका छन् । बैठक सोमबार दिउँसो १ बस्ने छ ।

सभामुख प्रदीपकुमार भण्डारीले आइतबार बोलाएको सर्वदलीय बैठकमा मुख्यमन्त्री राई अनुपस्थित भएका थिए । उनी अनुपस्थित भएकाले बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।

मुख्यमन्त्री राईले बिहान ११ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सर्वदलीय बैठक बोलाएको प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए ।

प्रदेशसभाको बिहीबार र शुक्रबार बसेको बैठक माओवादी केन्द्रलगायतका विपक्षी दलहरुले अवरुद्ध गरेपछि सभामुख भण्डारीले आइतबार बैठक सुरु गर्न सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठकमा मुख्यमन्त्री राई आफू अनुपस्थित भएर आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई पठाएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments