चितवनको रामपुरमा गाडी दुर्घटना, दुईको मृत्यु

भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।  

भरतपुरबाट शारदानगर टाउनतर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना परी सातजना घाइते भएका छन्। जसमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ।

घाइतेहरुको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ। मृतकहरुको सनाखत हुनसकेको छैन।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments