हाम्रो सहयात्रा लगभग एक दशक लामो

कलाकार दीपकराज गिरीले केदार घिमिरे (माग्ने बुढा)लाई नाम अनुसारको स्वाभाव नभएको बताएका छन् ।

नाम माग्ने बुढा भए पनि प्रायः मलाइ यस्तो चाहियो भनेर कहिल्यै नमाग्ने स्वाभाव रहेको भन्दै दीपकले ‘अरूका पोल्टामा यति पर्यो मलाई पनि चाहियो भनेर माग्ने स्वाभाव केदारमा नरहेको बताएका छन् । 

“हरेक वर्ष केही लेख्नु पर्छ । तर, शब्दहरू सकिँदैनन् । किनकी  हाम्रो सहयात्रा लगभग एक दशक लामो भइसकेको छ । आरोह, अबरोह, गतिरोधका ज्वारभाटाहरू नझेलेका पनि होइनौं । तर, हाम्रो मित्रता र सहयात्राको रथले आफ्नो  गति कहिल्यै छाडेन । पेशामा हुने अस्वस्थ प्रतिस्पर्धाका हावाहरूले हाम्रो मित्रताको बृक्षका हाँगाहरू कहिल्यै हल्लाउन सकेनन्,” केदारको जन्मदिनको अवसरमा शुभकामना दिँदै दीपक लेख्छन्, “वाह्य दूषित हल्ला र ध्वनि प्रदूषणले मित्रताको स्वास्थ्यमा पनि असर गरेन । चलचित्रका पर्दामा मेरो साथी । र ब्यक्तिगत रूपमा मेरो भाइको रूपमा भगवानले दिएको टु–इन–वान उपहार हो । आज यही प्रिय पात्रको जन्मदिनको उपलक्ष्यमा मुरी–मुरी शुभकामना !”

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments