डिस्चार्ज भए सचिन

सचिन तेन्दुल्कर अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि उनी एक हप्ताअघि अस्पताल भर्ना भएका थिए ।

सचिनले आफू घर फर्किएको र अझै आइसोलेसनमा रहेर आराम गर्ने बताएका छन् । ‘मेरो स्वास्थ्यलाभको कामना र प्रार्थना गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनेका छन् ।

४७ वर्षीय सचिनले २७ मार्चमा आफू संक्रमित भएको जानकारी दिएका थिए । त्यसको ६ दिनपछि उनलाई मुम्बई अस्पतालमा भर्ना गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments