सिंगटी हाइड्रो इनर्जीको आइपिओ आज बाँडफाँट हुँदै

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) शुक्रबार बिहान ११ बजे बाँडफाँट हुदैँ छ।

सिंगटीले चैत ६ देखि १० गतेसम्म सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता सेयर निष्कासन गरेको थियो। गोलप्रथाद्वारा २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले कम्पनीको आइपिओ पाउनेछन्।

कम्पनीको सेयर खरिदका लागि मागभन्दा ९ दशमलब १६ गुणा बढी आवेदन परेको छ।

१६ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ताका लागि आवेदन परेको छ। जसमध्ये २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। बाँकि साढे १२ लाखभन्दा बढी आवेदकको हात खाली हुने छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments