आज नयाँ चलचित्र ‘श्री’ रिलिज हुने

शुक्रबारबाट नयाँ चलचित्र ‘श्री’ रिलिज हुने भएका छ । तीन महिनापछि नयाँ नेपाली चलचित्र रिलिज हुन लागेका हुन् ।

नयाँ वर्षलाई लक्षित गरेर शुक्रबारबाट रिलिज गर्न लागिएको निर्माण पक्षले जनाएको छ । जम्मा ७२ घण्टामा छायांकन सकिएको फिल्म ‘श्री’लाई निर्देशक एभरेस्ट सूर्य बोहराले आफ्नै निर्माण र निर्देशनमा तयार पारेका हुन् ।

यो चलचित्रमा सन्दीप क्षत्री, वर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, वसुन्धरा भुसाल, रवीन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा काजी, मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन् । पहिला केही ओटीटीमा मात्रै रिलिज गर्ने तयारी गरिएको भए तापनि ट्रेलर हेरेपछि भने यो फिल्म हलमै प्रदर्शन गर्नुपर्छ भन्ने लागेर आफंैले पहल गरेको वितरक करण श्रेष्ठले बताएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments