इन्डोनेसिया र इस्ट टिमोरमा बाढीपहिरोका कारण १ सय ७७ जनाकाे मृत्यु

इन्डोनेसिया र इस्ट टिमोरमा आइतबार गएको भीषण बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या १ सय ७७ पुगेको छ । अहिलेसम्म ७० जना भन्दा बढि बेपत्ता भएका छन् ।

बिहीबार साँझसम्म मृत्यु हुनेको संख्या १ सय ७७ पुगेको छन् । मृतकमध्ये १ सय ४० जना इन्डोनेसियाली हुन् ।

‘बाढीपहिलोपछिको लेदो र मौसमका कारण उद्धारमा चुनौती थपिएको छ । ड्यामहरूबाट बगेको पानीका कारण बस्तीहरू डुबानमा परेका छन जसका कारण दर्जनौं घर तथा भौतिक संरचनाहरू क्षतिग्रस्त बनेका छन् ।

त्यस्तै, इस्ट टिमोरका अधिकारीहरूले बाढीपहिरोका कारण ३७ जना मृत्यु भएको पुष्टि गरेका छन् । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले घटनाप्रति दुःख व्यक्त गर्दै मौसममा सुधार नआएसम्म अधिकारीहरूको निर्देशन पालना गर्न आग्रह गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments