पुटिनलाई कोरोना लाग्न नदिन सयौं अधिकारीहरूलाई क्वारेन्टिनमा राखिएकाे खुलासा

रूसका राष्ट्रपति भ्लादिभिर पुटिनलाई कोरोना संक्रमण हुन नदिन सयौं अधिकारीहरूलाई क्वारेन्टिनमा राखिएको खुलेको छ।

महामारी सुरुवात भएदेखि नै पुटिनको सुरक्षा निम्ति हरसम्भव कोशिस जारी राखिएको छ। यस क्रममा रूसी प्रशासनले असाधारण तरिका पनि अपनाइरहेको थाहा लागेको हो।

पुटिनलाई कोरोनाबाट जोगाउन क्वारेन्टिनमा समेत विशेष निगरानी राखिएको छ। क्वारेन्टिनमा नबसेका कसैले पनि पुटिनसँग भेट्न नपाउनेगरी व्यवस्था मिलाइएको छ।

अघिल्लो वर्षपनि पुटिनसँग सम्पर्कमा रहेका सयौं मानिसहरूलाई क्वारेन्टिनमा राखिएको थियो। उनीसँग प्रत्यक्ष भेटघाट नगरेका मानिसलाई पनि त्यहाँ बस्न बाध्य पारिएको थियो।

यस क्रममा रूसी विमान सेवा रोसियाको एक विशेष उडानमा राष्ट्रपति पुटिनको सेवामा खटिएका चालक दलका सदस्य र सबै सरकारी अधिकारीलाई सन् २०२० मार्च २६ तारिखबाट क्वारेन्टाइनमा राखिएको थियो। उनीहरूलाई राजधानी मस्कोनजिकै एक होटलमा राखिएको बीबीसीमा उल्लेख छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments