मदनकृष्णले युगाण्डाकी गायिकासँग गीत गाउने

‘फुलबुट्टे सारी’ को कभर गीत गाएर चर्चामा आएकी युगाण्डाकी गायिका बियोन्स फर्मासीले भेट्रान अभिनेता मदनकृष्ण श्रेष्ठसँग युगल गीत गाउने भएकी छन् ।

श्रेष्ठले फेसबुकमार्फत आफूहरुले युगल गीत रेकर्ड गराउने तयारी गरेको जानकारी गराएका हुन् ।

बियोन्ससँगको तस्वीर सेयर गर्दै उनले लेखेका छन्, ‘बियोन्सका तरुनी स्वरसँग मेरो बुढो स्वर मिल खाला कि नखाला खै‘१’

बियोन्सले गाएको फुलबुट्टे सारीको कभरले यूट्यूवमा तहल्का पिटिरहेको छ । यूट्यूवमा अपलोगड भएको १८ दिनसम्ममा ६१ लाख भ्यूज कटाएको यो कभर गीतले चाँडै अब केही दिनमै एक करोडको आँकडा छुन सक्ने देखिन्छ । मदनकृष्णले यो गीतलाई लिएर फेसबुकमा बियोन्सको तारिफ गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments