त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक

नेपालमा आयोजना हुने त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

टियु क्रिकेट मैदानमा आयोजना हुने टी(ट्वान्टी सिरिजको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

क्रिकइन्फोको अनुसार नेपाल र नेदरल्यान्ड्सबीचको खेल बैशाख ४ गते हुनेछ । खेल दिउँसो २:१५ बजे सुरु हुनेछ ।

नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ ।

यस्तै नेपालले अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।

फाइनल खेल बैशाख ११ गते हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments